नियम ३५
सांस्कृतिक अधिकार तथा मनोरञ्जन
: अपाङ्गता भएका व्यक्तिको सांस्कृतिक अधिकारको सम्मान गर्न ऐनको दफा ३३ बमोजिमको व्यवस्थाको अतिरिक्त नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले देहायको व्यवस्था गर्नेछ :-
(क) अपाङ्गता भएका व्यक्तिको सहभागितामा सांस्कृतिक प्रतियोगिता आयोजना
गर्ने,
(ख) अपाङ्गता भएका व्यक्तिको मनोरञ्जनको लागि स्थानीय स्तरमा आवश्यक
कार्यक्रम सञ्चालन गर्ने,
(ग) सामुदायिक भवन, पार्क, मठ मन्दिर, बगैँचा लगायतका सांस्कृतिक र
मनोरञ्जनका क्षेत्र अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त बनाउने ।